अत्तरिया : कैलालीको अत्तरियामा रहेको गोदावरी बहुउद्देश्यीय सहकारी संस्थाको पाँचौ बार्षिक साधारणसभा सम्पन्न भएको छ ।
संस्थाकि उपाध्यक्ष ललिता पाठकको सभापतित्वमा आयोजित कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका सुदूरपश्चिम प्रमुख दिनेश गेलाल प्रमुख अतिथी रहेका थिए भने गोदावरी नगरपालिकाका सहकारी शाखा प्रमुख दिव्यराज जोशी विशिष्ट अतिथि रहेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि गेलालले सहकारीहरु सदस्यको स्तरोन्नतीका लागि शेयर सदस्यको भुमीका पनी महत्वपुर्ण हुने बताए । उनले आफ्ना शेयरसदस्यहरुलाई जिवनस्तर उकास्ने गरी सहकारी पछिल्लो समय सहकारीप्रतिको विश्वास गुम्दै गएको हुँदा सहकारीहरु थप गम्भीर भएर अघि बढ्नुपर्ने उनले बताए । सहकारी र सहकारीमा आवद्ध शेयर सदस्यको क्षमता अभिवृद्धीका लागि राष्ट्रिय सहकारी बैंक पनी तयार रहेको उनको भनाई थियो ।
संस्थाले आर्थिक वर्ष २०७९/०८० को असार मसान्त सम्म डेढ करोडको कारोबार गरेको छ । साधारण सभामा प्रस्तुत गरिएको प्रगती प्रतिवेदन अनुसार संस्थाले उक्त आर्थिक वर्षमा १ करोड ५५ लाख ७५ हजार ८४१ रुपैयाको कारोबार गरेको छ । जसबाट संस्थाले सम्पुर्ण खर्च कटाएर १ लाख ४२ हजार ३७८ रुपैया बचत गर्न सफल भएको छ ।
८ लाख ८५ हजार शेयरपुँजीका साथ २०७५ सालमा स्थापन भएको संस्थामा हाल ३९ लाख २ हजार ६ सय रुपैया शेयरपुँजी रहेको छ । संस्थाका शेयर सदस्यहरुको संख्यामा पनि वृद्धि भएको प्रतिवेदनले देखाएको छ । ३६ जना शेयरसदस्यबाट सुरु भएको सहकारीमा हाल ४२२ शेयरसदस्य रहेका संस्थाका प्रवन्धक डिल्लीराज पनेरुले बताए।
कार्यक्रममा संस्थालाई बिभिन्न तहबाट सहयोग गर्ने व्यक्तिहरुलाई सम्मान गरिएको छ । कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधि, शेयर सदस्य लगायतको सहभागीता रहेको थियो । कार्यक्रमको सञ्चालन संस्थाका सचिव धर्म सिँह कुँवरले गरेका थिए ।
