गोठालो गएकी बैतडीकी कल्पना पाँच दिनदेखि बेपत्ता

अत्तरिया : बैतडीकी एक किशोरी पाँचदिनदेखि बेपत्ता रहेकी छन्।

जिल्लाको सुर्नया गाउँपालिका ८ दोराकी २० बर्षीया कल्पना महरा गएको बिहीबारदेखि बेपत्ता रहेकी पारिवारिक श्रोतले जनाएको छ।

गोठालो गएकी कल्पना अहिले सम्म सम्पर्कमा नआएकी उनकी आमा मानमती महराले जानकारी बताइन्।

कल्पनाका बिषयमा आफन्त, इष्टमित्रहरुसंग सोध्दा समेत कतै फेला नपरेकी उनले जानकारी दिइन्।

बिहीबारदेखि हराएकी छोरी फेला नपरेपछि आइतवार प्रहरीचौकी ढोल्यमोडमा निवेदन समेत दिएको मानमतीले बताइन्।

बेपत्ता भएकी कल्पनाको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ। कल्पना कैलपाल मावि कक्षा ९ मा अध्ययनरत छिन्।

Dhangadhi 2081
Loading...