काठमाण्डौ : सरकारले गरेको सहमतिअनुसार रकम फिर्ता नपाएपछि सहकारी पीडितले दोस्रो चरणको आन्दोलन घोषणा गरेका छन् ।
सहकारी पीडितको नेतृत्व गरिरहेको सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानले काठमाण्डाैकाे रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरेर शुक्रवारदेखि आन्दोलनको घोषणा गरेको हो ।
गएको वर्षको जेठ २० गते सहकारी पीडितले आन्दोलन शुरु गरेका थिए । काठमाण्डौकाे माइतीघर मण्डलबाट शुरु भएको आन्दोलन चर्किँदै गएपछि सरकारले सहमति गरेको थियो । तर अहिलेसम्म माग पूरा नभएको पीडितले बताएका छन् ।
हजारौँ बचतकर्ताको अर्बाैँ रकम हिनामिना भएको तर बचतकर्ताको रकम फिर्ता गराउन सरकारले पटक-पटक सहमति गरे पनि अहिलेसम्म फिर्ता नपाएको पीडितले बताएका छन् ।
शुक्रवार भृकुटीमण्डपबाट शुरु गरेर देशव्यापी आन्दोलन गर्ने अभियानका अध्यक्ष कुशलभ केसीले बताए ।
