गोदावरी-६ लालपुर बजारमा भएको आगलागीबाट साढे ४२ लाखको क्षति

एक पसल जलेर पुर्ण नष्ट

अत्तरिया : कैलालीको गोदावरी नगरपालिका-६ लालपुर बजारमा आज दिउँसो आगलागी हुदा ३ पसलमा क्षति भएको छ । आगलागीबाट क्षति न्यू भुवन हार्डवेयर, भैरव एग्रोभेट र एमजे जुत्ता पसलमा आगलागी भएको हो । आगलागीबाट न्यू भुवन हार्डवेयर भने जलेर पुर्ण नष्ट भएको छ ।

आगलागीबाट अनुमानित साढे ४२ लाख बराबरको क्षति भएको ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब उपरिक्षक (डिएसपी) गंगा बहादुर थापाले जानकारी दिएका छन् । उनले न्यू भुवन हार्डवेयरबाट आगलागी शुरु भएर अन्य पसलमा पनि लागेको बताए ।

 

पसल सञ्चालकका अनुसार उक्त पसलमा अनुमानित ४० लाख बराबरको क्षति भएको डिएसपी थापाले बताएका छन् । न्यू भुवन हार्डवेयरसंगै जोडिएका भैरव एग्रोभेटमा अनुमानित १ लाख र एमजे जुत्ता पसलमा अनुमानित डेढ लाख बराबरको क्षति भएको छ ।

समयमै गोदावरी नगरपालिकाको दमकल आएकोले प्रहरी र स्थानियले आगो नियन्त्रणमा लिएकाले ति दुई पसलमा भने त्यति क्षति हुन नपाएको बताईएको छ ।

आगलागीको कारण खुल्न भने सकेको छैन । प्रहरीले विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने अनुमान गरेको छ ।

Nabadurga Sunchadi
Loading...