बैतडीको सीमानाकामा रहेको झुलाघाट पुल भोलिदेखि पुर्ण रुपमा संचालन हुने

अत्तरिया : मर्मतका क्रममा आंसिक रुपमा संचालन भइरहेको बैतडीको सीमानाकामा रहेको झुलाघाट पुल बुधबार देखि पूर्ण रुपमा संचालनमा आउने भएको छ ।

मर्मतको काम सकिएकाले बुधबार देखि साविक बमोजिमकै समय अवधिभर पुल संचालन हुने जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ ।

पुल मर्मतका लागि असोज ९ गतेदेखि आंशिक रूपमा मात्रै आवतजावत संचालन गरिएको थियो ।

जसअनुसार बिहान ८ बजेर ४५ मिनेटदेखि दिउँसो १ बजेर १५ मिनेटसम्म र दिउँसो २ बजेर १५ मिनेटदेखि अपरह्न ४ बजेर १५ मिनेटसम्म आवागमन बन्द हुने गरेको थियो ।

सीमा नाका झुलाघाटमा करिब एक सय ५० वर्षअघि इष्टइण्डिया कम्पनीले निर्माण गरेको उक्त पुलबाट आवतजावत गर्ने गरिएको छ ।

यो पुल जीर्ण भएकाले बेलाबेलामा मर्मत सम्भार गरिदै आएको छ ।

Dhangadhi 2081
Loading...