बागलुङ : बागलुङको गलकोट नगरपालिका-८ काँडेबाँसको बिसौनामा वृद्ध दम्पती घरसहित पहिरोमा पुरिएका छन् ।
बिसौनाका ५५ वर्षीय प्रेम विक र उनकी श्रीमती ५० वर्षीय वसन्ती गए राति पहिरोमा पुरिएका जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ऋषिराम कँडेलले जानकारी दिए ।
अहिले घटनास्थलमा प्रहरी टोली पठाइएको छ । स्थानीयले उनीहरूको खोजी गरिरहेका छन् ।
यसैबिच पहिरोले मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध भएको छ । यस क्षेत्रमा शुक्रबारदेखि लगातार पानी परिरहेको छ । कालीगण्डकी करिडोर र बागलुङ-कुश्मीशेरा सडक पनि अवरुद्ध छ । रासस
