काठमाण्डौ : पूर्वी नवलपरासीको गैँडाकोट तर्फ नारायणी नदीमा दुईवटा बेवारिसे शव भेटिएका छन् ।
गैँडाकोट नगरपालिका-७ गैरी मा नारायणी नदीको बीच भागको टापुमा नदीले बगाएर ल्याएको परिचय थाहा नभएका दुई वटा शव भेटिएका परेका जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलले जानकारी दिए । नदीमा अन्दाजी २५ र ३० वर्षीय पुरुषको शव भेटिएका हुन् ।
भेटिएका शव नारायणगढ-मुग्लिन सडकको सिमलतालमा दुर्घटनामा परेको बसको यात्रु भएको अनुमान प्रहरीले गरेको छ । सिमलताल घटनामा हराइरहेका यात्रुको खोजी कार्य जारी छ ।
यसअघि चितवनको सिमलतालमा पहिरोले त्रिशूलीमा बगाएको बसका एक जना यात्रुको शव भेटिएको थियो ।
