बैतडीमा एक जना वृद्ध मृत फेला

बैतडी : बैतडीमा एक जना वृद्ध मृत फेला परेका छन् । पञ्चेश्वर गाउँपालिका-५ सार्कीटोलका ६० वर्षीय मोहनराम भुल मृत फेला परेका प्रहरीले बताएको हो ।

गत कार्तिक ३० गतेदेखि हराइरहेका भुलको शव घरबाट झण्डै दुई किलोमिटर टाढा रहेको खनेटा भिरमा शनिबार साँझ फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए ।

घरबाट कसैलाई जानकारी नदिई निस्केका भुलको लडेर मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

Nabadurga Sunchadi
Loading...