नेपाल प्रिमियर लिग एनपीएलमा आज पनि दुई खेल हुँदै छन ।
आजको पहिलो खेलमा जनकपुर बोल्ट्सले लुम्बिनी लायन्सको सामना गर्ने छ भने दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजको सामना गर्ने छ।
पहिलो खेल बिहान ९ बजेबाट र दोस्रो खेल १ बजेबाट टीयू अन्तर्राष्ट्रिय मैदानमा सुरु हुनेछ ।
सुरू हुनेछ ।
जनकपुर जारी एनपीएलमा अपराजित छ । उसले यसअघि विराटनगर किंग्स, कर्णाली याक्स र पोखरा एभेन्जर्सलाई हराएको छ ।
आजको दोस्रो खेलमा अपराजित सुदूरपश्चिम रोएल्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुँदैछ ।
यो खेल राष्ट्रिय टिमका दुई बाँयाहाते अलराउण्डर कुशल मल्ल र टाइगर उपनाम पाएका दाँयाहाते अलराउण्डर दीपेन्द्र सिंह ऐरी बीचको भिडन्त पनि हुनेछ ।
दीपेन्द्रको कप्तानीमा सुदूरपश्चिमले सुरुवाती तीनवटै खेल जितेर शानदार सुरुवात गरेको छ । चितवनले पनि तीनमध्ये दुई खेल चाहिँ जितेको छ भने बलियोमध्येकै टिमका रूपमा देखिएको छ ।
सुदूरपश्चिम लगातार चौथो जित निकाल्दै प्लेअफमा स्थान लगभग पक्का गर्ने लक्ष्यमा हुनेछ ।
चितवन राइनोजले तीन खेलमध्ये सुरूवाती दुई खेल जितेको थियो । बलरहरूको शानदार प्रदर्शनमा चितवनले काठमाण्डु र पोखरालाई हराउँदा कर्णालीसँग भने पराजित भएको थियो
