बैतडीमा जिप र मोटरसाइकल एकआपसमा ठोक्किदा मोटरसाइकल चालक गम्भीर घाइते

अत्तरिया : बैतडीमा जिप र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकल चालक गम्भीर घाइते भएका छन् ।

पाटन–पञ्चेश्वर सडकखण्ड अन्तर्गत पाटन नगरपालिका– ५ स्याडीखोलमा पाटनबाट मेलौलीतर्फ गइरहेको सामान बोक्ने सु.प.प्र.०२ ००१ च ८४१ नम्बरको जिप र मेलौलीबाट पाटनतर्फ आइरहेको म२प ६९१६ नम्बरको मोटरसाइकल शनिबार बिहान एकआपसमा ठोक्किएका हुन ।

दुर्घटनामा मोटरसाइकल चालक मेलौली नगरपालिका–६का २१ वर्षीय नरेन्द्र भट्ट गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताएका छन ।

घाइते भट्टलाई उपचारका लागि डडेल्धुरा अस्पताल लगिएको छ । जिप चालक र जिपलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

Loading...