कैलालीको बर्दगोरियामा एक गोठमा आगलागी

धनगढी : कैलालीमा एक गोठमा आगलागी भएको छ।

जिल्लाको बर्दगोरिया गाउँपालिका–३ रानीकुण्डाका रघु देवकोटाको टिनले छाएको दुई तले दुई कोठे गोठमा आगलागी भएको हो।

आगलागीबाट करिब ४० हजार बराबरको क्षती भएको जनाएको छ। आगलागीबाट मानवीय तथा चौपायको क्षती भने नभएको प्रदेश आपतकालीन कार्य सञ्चालन केन्द्र धनगढीले जनाएको छ।

Dhn_Laingik Hinsa 2082
Loading...