धनगढी : कैलालीका विभिन्न पसलहरुबाट प्रहरीले ६ लाख ४१ हजारभन्दा बढी मुल्यका अवैध सामान जफत गरेको छ।
जिल्लाको गौरीगंगा नगरपालिका–८ बढैपुर स्थित डिल्लीराम आचार्यले सञ्चालन गरेको म्याक्स जनरल स्टोर, गोबिन्द शर्माले सञ्चालन गरेको बेरोजगार किराना पसलमा अबैध सामान जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको सादा पोषाकको प्रहरी टोलीले जफल गरेको हो।
प्रहरी नायव निरीक्षकको कमाण्डमा र इलाका प्रहरी कार्यालय मालाखेतीबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको १२ जनाको संयुक्त प्रहरी टोलीले बिना बिलका अवैध अबैध सामान बरामद गरेको छ।
म्याक्स जनरल स्टोरबाट करिब ६ लाख ४१ हजार ९ सय २० मूल्य बराबरका र बेरोजगार किराना पसलबाट करिब ४१ हजार २ सय मुल्य बराबरका अबैध सामान शनिबार दिउँसो बरामद गरिएको हो।
अबैध सामानसहित म्याक्स जनरल स्टोरका संचालक डिल्लिराम आचार्यलाई समेत नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय मालाखेती पठाईएको छ।
प्रहरीले म्याक्स जनरल स्टोरबाट १९ क्वीन्टल अबैध चिनी, आन्टी ६८८ प्याकेट, सुर्ती १५६ प्याकेट, गुट्खा ४३० प्याकेट, पवन सुर्ती ६ सय प्याकेट, बिडी १२ सय बण्डल, स्याम्पु १८ पेटी, पानी पुरी २ पेटी (४८ पोका), बेरोजगार किराना पसलबाट दुई क्वीन्टल अबैध चिनी, बिडी १५० बण्डल र विभिन्न ब्राण्डका सुर्ती ११४ प्याकेट प्रहरीले नियन्त्रणमा लिएको छ।
