गौशालामा दुर्गा प्रसाईं समर्थक र प्रहरीबीच झडप

काठमाण्डौ : दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ मा सहभागी प्रदर्शनकारी र प्रहरीबीच गौशालामा झडप भएको छ ।

झडपका क्रममा प्रहरीले धर्मगुरु आचार्य श्रीनिवाससहितका केही व्यक्तिलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रवक्ता एवम् प्रहरी उपरीक्षक ९एसपी० कुमोध ढुंगेलले जानकारी दिनुभयो । ‘प्रहरीले धर्मगुरु आचार्य श्रीनिवाससहित अन्य केही व्यक्तिलाई नियन्त्रणमा लिएको छ ।’

श्रीनिवास त्रिशूल लिएर सडकमा निस्केको र अराजक अभिव्यक्ति दिएको आरोप छ । प्रहरीले प्रदर्शनकारीको भिड नियन्त्रणका लागि गौशालामा चार सेल अश्रुग्यास प्रहार गरेको बताएको छ ।

यसअघि धरानमा भएको कार्यक्रममा खुकुरी बोकेर धार्मिक तथा साम्प्रदायिक घृणा फैलाउनुका साथै हिंसा भड्काउने अभिव्यक्ति दिएको भन्दै गएको असोजमा प्रहरीले श्रीनिवासलाई पक्राउ गरेको थियो ।

Dhn_Laingik Hinsa 2082
Loading...