धनगढीमा युवालाई जनगुनासोका लागि स्थापना गरिएका ‘हेलो सीएम’ र ‘नमस्ते मेयर’बारेमा अभिमुखीकरण

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले सञ्चालनमा ल्याएको हेलो सीएम र धनगढी उपमहानगरपालिकाको नमस्ते मेयरबारे अभिमुखीकरण दिइएको छ।

कैलालीको धनगढीमा मङ्गलवार अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको हो। जिल्लाका युवालाई जनगुनासोका लागि स्थापना गरिएका ‘हेलो सीएम’ र ‘नमस्ते मेयर’बारेमा अभिमुखीकरण दिइएको एवार्ड नेपालले जनाएको छ।

जिल्ला स्तरीय जनगुनासो सुनवाई अभिमुखिकरण कार्यक्रम गरिएको हो। एवार्ड नेपालका अध्यक्ष जयबहादुर विश्वकर्माले प्रदेश सरकारको हेलो सीएम र धनगढी उपमहानगरपालिकाको नमस्ते मेयर कार्यक्रमको प्रचार–प्रसार गर्न उद्देश्यले जिल्ला स्तरीय जनगुनासो सुनवाई अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको बताएका छन्।

प्रदेश सरकार र धनगढी उपमहानगरपालिकाको एपलाई नागरिकसम्म पुगाउने र आफना गुनासोलाई सजिलै राख्न सकुन भनरे युवाहरूसँग अभिमुखीकरण गरेको उनले बताए। एपले जनप्रतिनिधि र नागरिकको बिचको दुरीलाई पनि कम गर्न मद्दत दाबी गरिएको छ।

Nabadurga Sunchadi
Loading...