धनगढीमा ‘नमस्ते मेयर’ अन्तर्गत ४२० गुनासा दर्ता

धनगढी : सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगर धनगढीले नमस्ते मेयर नामक एप सञ्चालनमा ल्याएको छ।

उपमहानगरले २०८० बैशाख महिनादेखि नगरवासीका गुनासा सुन्न र प्राप्त गुनासाहरुको सम्बोधन गर्न यस्तो प्रविधियुक्त एप सञ्चालनमा ल्याइएको हो।

धनगढीको विकासमा जनसहभागिता बढाउन, उपमहानगरले गरेका प्रत्येक काममा नगरवासीको ध्यान केन्द्रित गराउन, कमिकमजोरी सच्याउन तथा ‘हाम्रो धनगढी हामी बनाउँछौँ’ अभियानलाई सार्थक पार्न अनलाइनबाटै गुनासो दर्ता गराउन सकिने दर्ता फारमको समेत व्यवस्था गरेको छ।

नमस्ते मेयर एप अन्तर्गत विभिन्न १० विषयमा गुनासाहरु दर्ता भएका छन्। ध्वनी प्रदर्शनी अन्तर्गत १, वातावरण २१, शिक्षा १५, शिक्षासँग सम्वन्धित १५, सार्वजनिक यातायात चार, खानेपानी ९, सार्वजनिक सम्पत्ति एक, विद्युत १३ तथा सबैभन्दा बढी सडकसँग सम्वन्धित ४६ वटा गुनासा नमस्ते मेयरलाई सम्बोधन गर्दै दर्ता भएका छन्। साथै ८ वटा सुझाव समेत दर्ता भएका छन्।

बैशाख महिनामा कुल १३ वटा कुल १३ वटा तोक लगाइएका गुनासामध्ये १० वटाको समस्या समाधान गरिएको छ। त्यस्तै जेठ महिनामा कुल ३२ तोक लगाइएका गुनासामध्ये २५ गुनासाहरुको सामाधान गरिसकिएको छ।

असाढ महिनामा परेका १६ गुनासामध्ये ८, साउन महिनामा १६ मध्ये ८ गुनासाहरुको समस्या समाधान गरिएको छ। भदौ महिनामा भने सबैभन्दा बढी गुनासा दर्ता भएका छन्। भदौ महिनामा कुल दुई सय गुनासा दर्ता भएकोमा ७५ गुनासाहरुको समस्या समाधान गरिएको छ।

त्यस्तै असोज महिनामा कुल ४९ गुनासाहरुको तोक लगाइएकोमा २९, कात्तिक महिनामा ५४ वटा गुनासाहरुको तोक लगाइएकोमा १९ तथा मंसिर १२ गतेसम्म ३२ वटा गुनासा दर्ता भएकोमा दुईवटा गुनासाको समस्या समाधान गरिएको छ।

यसरी बैशाखदेखि मंसिर १२ गतेसम्म नमस्ते मेयर मार्फत कुल चार सय ३० गुनासा दर्ता भएकामा एक सय ९६ गुनासाहरुको समस्या समाधान भइसकेको छ भने एक सय ६८ गुनासाहरु समाधानको प्रक्रियामा रहेको उपममहानगरपालिकाले जनाएको छ।

उपमहानगरले प्राप्त गुनासाहरुको विश्लेषण गरी अधिकांश गुनासाहरुको तुरुन्तै समाधान गर्ने काम गर्दै आएको छ।

Nabadurga Sunchadi
Loading...