छोराको कुटपिटबाट बुबाको मृत्यु

रसुवा : रसुवामा छोराको कुटपिटबाट एक व्यक्तिको ज्यान गएको छ । रसुवाको गोसाइँकुण्ड गाउँपालिका-५ सानुभार्खुका ४० वर्षीय गोपाल तामाङलाई ६५ वर्षीय बुबा छेवाङ तामाङको हत्या आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

गोपालले जाँडरक्सी खाएर कुटपिट गर्दा छेवाङको ज्यान गएको जिल्ला प्रहरी प्रमुख सुवास बुढाथोकी जानकारी दिनुभयो । गोपाललाई पक्राउ गरी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Nabadurga Sunchadi
Loading...