श्याम बोहरा / अत्तरिया : आज अन्तर्राष्ट्रिय अपाङ्गता दिवस देशैभर बिभिन्न कार्यक्रम गरी मनाईदै छ । कैलालीको अत्तरियामा पनि ३२औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइएको छ ।
‘विकास लक्ष्य प्राप्तिको प्रतिबद्धता,अपाङ्गता भएका व्यक्तिको अपनत्व र नेतृत्व सहितको ऐक्यबद्धता’ भन्ने मुल नाराका साथ नगर स्तरीय अपाङ्ग कार्य सञ्जाल गोदावरी नगरपालीकाको आयोजनामा दिवस मनाईएको छ ।
आज बिहान र्याली सहित अत्तरिया बजार परिक्रमा गरी अत्तरिया स्थीत सुप समावेसी आधारभुत विद्यालयमा कार्यक्रमको आयोजना गरिएको हो । नगर स्तरीय अपाङ्ग कार्य सञ्जालकी उपाध्यक्ष खडक बुढाको सभापतित्वमा आयोजित कार्यक्रममा अपांगता अभियनकर्ता तथा गोदावरी नगरपालिका वडा नम्बर २ का वडासदस्य डबल बहादुर साउँद प्रमुख अतिथी रहेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी साउँदले अपाङ्गताका समस्याहरु अझैपनि सामाधान नभएको बताए । उनले हिजोका दिन र आजका दिनमा समय अनुसार धेरै फरक भएको बताउदै अपाङ्गताका सवालमा भने अझै धेरैकुराहरु समाधान हुन बाँकी रहेको बताए । कार्यक्रमसंग संगै अपाङ्गताका लागि हिजोका दिनमा बिभिन्न अभियानहरुमा बोलेका शब्दहरुपनि अभियान सकिएसंगै बिर्सने गरिएको उनको भनाई छ ।
कार्यक्रममा गोदावरी नगरपालिका महिला,बालबालिका तथा जेष्ठ नागरिक शाखाकी प्रमुख गोदावरी , बिभिन्न संघसंस्थाका प्रतिनिधीहरु, अपाङ्गता भएका व्यक्तिहरु लगायतको सहभागिता रहेको थियो । संयुक्त राष्ट्रसङ्घको महासभाले सन् १९९२ मा घोषणा गरेदेखि विश्वभर यो दिवस मनाउन थालिएको हो ।
तर, दिवस मनाइरहे पनि आफूहरुले जीवनयापन उस्तै कठिन भएको अपाङ्गता भएकाहरुले गुनासो गरेका छन् । यस्तै, अपाङ्गतामैत्री संरचना नबन्दा थप कठिनाइ भइरहेको उनीहरुको भनाइ छ ।