धनगढी : कैलालीको जानकी गाउँपालिकामा कार्यरत नापी सर्वेक्षक ४१ वर्षीय रमण बम भारतको बेलरायाँमा मृत अवस्थामा फेला परेका छन्।
आफन्तका अनुसार १० दिनअघि घरबाट औषधी उपचार गर्न भन्दै गएका बम भारतको बेलरायाँ र सिंघाई नजिकै शनिबार मृत अवस्थामा फेला परेका हुन्।
उनका आफन्त महेन्द्रसिंह बमका अनुसार शवको पोष्टमार्टम् भारतको लखिमपुरमा गरेर शनिबार राति नै शव टीकापुर अस्पतालमा पु¥याइएको छ।
