धनगढी : कैलालीको धनगढीमा एक घरमा चोरी भएको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर–४ तारानगरमा एक घरबाट सुनका गरगहना ८ तोला, तिन लाख नगद, ४ तोला चादीका सामाग्री चोरी भएको हो।
पुजाका लागि पहाड घर डोटी गएका बेला स्थानीय करन बानियाको घरमा चोरी भएको जनाइएको छ। स-परिवार बुधवार पुजाका लागि डोटी गएका थिए। धनगढी घरमा आईतवार पुग्दा चोरी भएको थाहा भएको बानियाले जानकारी दिए।
चोरले घरमा रहेको पुजा कोठाबाट नगद, दाराज फोडेर नगद र गरहना चोरेर लगेको घरधनी बानियाले जानकारी दिए।
