कैलालीको धनगढीमा प्रहरीका श्रीमतीलाई सिलाइ कटाई तालिम

धनगढी : कैलालीको धनगढीमा प्रहरीका श्रीमतीका लागि सिलाइ कटाई तालिम सुरु भएको छ। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा श्रीमती संघले तीन महिने तालिमको आयोजना गरेको हो।

नेपाल प्रहरी, श्रीमती संघ, सुदूरपश्चिमले २४ महिलालाई तीन महिने सिलाइ कटाई तालिम दिन सुरु गरेको छ। धनगढीमा उनीहरूलाई आत्मनिर्भर बनाउन तालिम दिन थालिएको संघले बताएको छ। नेपाल प्रहरी, श्रीमती संघकी सदस्यसमेत रहेकी प्रशिक्षक गीता देवी थलालले तीन महिने सिलाइ कटाई तालिम दिन थालिएको बताइन् ।

१२ महिलालाई थलाल र १२ महिलालाई हिरा कठरियाले तालिन दिन थालेका हुन्। थलालले भनिन्, ‘एक हप्ता भयो, हामीले तालिम सुरु गरेको। सिलाई मेसिन चलाउन, बटन घर, तुर्पाइ गर्न सिकाएका छौँ। हामीले बच्चाको लुगा र महिलाका लुगा सिउन पनि सिकाउछौँ।’

प्रशिक्षार्थी सम्झना बुढाले आधारभूत तालिमपछि घरमा रहेका लुगा सिलाउन सकिने बताइन्। तीन महिने तालिमपछि डिप्लोमा गरेका महिलाहरूले आफै सिलाइ कटाइ सेन्टर सञ्चालन गर्न सक्ने उनले बताइन्। नेपाल प्रहरी श्रीमती संघले प्रशिक्षक, तालिमका लागि सिलाई मेसिन, प्रशिक्षार्थीका लागि र लुगा खरिदका लागि रकम उपलब्ध गराउनेछ।

Nabadurga Sunchadi
Loading...