सडकपुरको एक घरमा आगलागी

धनगढी : कैलालीको एक घरमा आगलागी भएको छ। जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नम्बर १ सडकपुरका ४२ वर्षीय धनीराम देवकेटाको घरमा आगलागी भएको हो।

जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रवक्ता कुलदिप चन्दका अनुसार आगलागीबाट एक लाख ५० हजार बराबरको क्षति भएको छ। विद्युतको तार सर्ट भएर घरमा आगलागी भएको हो।

दुई कोठे दुई तले घरमा लागेको आगोबाट खाद्यान्न, लत्ताकपडा लगाएतका सामान जलेका हुन्। घर पूर्ण रूपमा जलेको प्रहरीले बताएको छ।

Nabadurga Sunchadi
Loading...