जथाभावी फोहोर फाल्नेलाई जरिवाना

धनगढी : कैलालीको धनगढीमा जथाभावी रुपमा फोहोर फाल्ने एक जनालाई उपमहानगरपालिकाले एक हजार रुपैयाँ जरिवाना गराएर कारबाही गरेको छ।

Godawari_Badhi

यात्रुका लागि सडकमा राखिएका डस्टबिनमा कुहिने र नकुहिने फोहर फाल्नुपर्नेमा जथाभावी फालेको भन्दै उपमहानगरले कारबाही गरेको हो।

उपमहानगरपालिकाको सरसफाइ शाखाले जथाभावी फोहोर फाल्नेलाई सम्झाइबुजाइ समेत गरेको छ। जथाभावी फोहोर फाल्ने व्यक्तिको नाम भने खुलाइएको छैन।

Dhn Upamahanagarpalika_Badhi
Loading...