कैलालीमा छाडा पशुचौपायाले अन्नबाली सखाप पारे,किसान हैरान

धनगढी : छाडा पशुचौपायाका कारण कैलालीका किसान हैरान भएका छन्। खेतबारीमा लगाएको अन्नबाली छाडा चौपायाले सखाप पार्न थालेपछि किसान चिन्तित बनेका हुन्।

पछिल्लो समय छाडा चौपायाको समस्या विकराल बन्दै गएको किसानको गुनासो छ। यस्तो समस्या कैलालीसँगै कञ्चनपुरमा समेत बढ्दै गएको छ। छाडा चौपायाले खेतबारी नष्ट हुन थालेपछि दुबै जिल्लाका किसानहरू चिन्तित बनेका हुन्।

सुदूरपश्चिम प्रदेश सरकारले छाडा चौपाया व्यवस्थापनलाई प्राथमिकतामा राखेको बताउँदै आएको छ। प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार छाडा चौपाया व्यवस्थापन गर्न कैलाली र कञ्चनपुरमा ७ करोड बजेट छुट्याएको छ।

छाडा चौपाया राख्न संरचना निर्माण, मल उत्पादन गर्नेलगायत कामका लागि ३ करोड २० लाख बजेट विनियोजन गरिएको छ।

यसका लागि सम्बन्धित पालिकाले चौपाया व्यवस्थापन गर्न साझेदारी गर्नुपर्ने छ। सम्बन्धित पालिकाले चौपाया व्यवस्थापनको लागि प्रस्ताव ल्याएको अवस्थामा साझेदारीमा काम गर्ने मन्त्रालयले जनाएको छ।

छाडा पशुचौपाया व्यवस्थापनका नाममा यसअघि कैलाली र कञ्चनपुरका स्थानीय तहहरुले करौँडौ रुपैयाँ खर्च गरेको भए पनि उचित व्यवस्थापन हुन सकेको छैन्। अहिले पनि सडकमा पशुचौपाया छोड्ने क्रम जारी नै छ।

साथै छाडा चौपायाका कारण किसानले आफ्नो खेतबारी जोगाउन रातभरि हेरालुको रुपमा चौकीदारी गर्नुपरेको गोदावरी नगरपालिका–२ किसान विष्णुदत्त भाटले गुनासो गरे।

Dhangadhi 2081
Loading...