धनगढी : सुदूरपश्चिम प्रदेशमा पर्यटन क्षेत्रमा क्रियाशील व्यवसायी तथा कर्मचारीहरुका लागि लक्षित गरि ५ दिने कष्टुमर केयर सर्भिस सम्बन्धि तालिमको शुभारम्भ भएको छ।
यूएनडिपी नेपालको जीविकोपार्जन पुनरुत्थानका लागि दीगो पर्यटन परियोजना एसटीएलआरपी नेपाल पर्यटन बोर्ड, नेपाल एशोसिएशन अफ टुर एण्ड टाभल एजेन्ट्स नाट्टा केन्द्रको सहयोग समन्वय र नाट्टा सुदूरपश्चिम प्रदेशको आयोजनामा धनगढीको होटल सोराई प्रा.लि.मा सुदूरपश्चिमका विभिन्न जिल्ला र कर्णाली प्रदेशका समेत ३० जना प्रशिक्षार्थीहरुका लागि कार्यक्रमको शुरुवात भएको हो।
नाट्टा सुदूरपश्चिम प्रदेशका अध्यक्ष पदम बिक्रम सिंहको अध्यक्षतामा कार्यक्रम सुरु भएको छ। विभिन्न अन्तर्राष्ट्रिय गैरसरकारी निकायमा कन्सलट्यान्ट र पर्यटन तथा हस्पिटालिटी म्यानेजमेन्ट शिक्षणमा लामो समयको अनुभवी प्रशिक्षक पूजा डंगोलको प्रशिक्षणमा पाँच दिन सम्म संचालन हुने तालिमको मंसिर २६ गते समापन हुने छ।
विषेश गरि कोभिड १९ को प्रभाब पछि पर्यटन क्षेत्रमा परेको असरका कारण प्रभावित व्यवसायी तथा आश्रित मजदुरहरुको व्यवसायीक सीप, क्षमता र दक्षता अभिबृद्घि गर्ने उद्देश्यले जीविकोपार्जन पुनरुत्थानका लागि दीगो पर्यटन परियोजनाले देशका ७ वटै प्रदेशमा विभिन्न विषयका तालिम कार्यक्रमहरु संचालन गर्दै आईरहेको छ।
