फुलवारी जेसिजको शाखा अधिवेशन सम्पन्न,अध्यक्षमा गीरी सर्वसम्मत

धनगढी : फुलवारी जेसिजको नवौं शाखा अधिवेशन सप्पन्न भएको छ । धनगढी उपमहानगरपालीका वडा नम्बर १४ स्थित फुलवारी ड्राईभिङ सेन्टरको हलमा सम्पन्न भएको महाधिवेशनले सन् २०२४ का लागि अध्यक्षमा सुरज गीरी लाई सर्वसम्मत चयन गरेको छ ।

त्यसैगरी कार्यकारिणी उपाध्यक्षमा कामदेव ओझा र नन्दगोपाल राना, कानुनी सल्लाहकारमा मनोज चौधरी, महासचिवमा सुसान्त जोशी, कोषाध्यक्षमा दिपक बि.क, उपाध्यक्षहरुमा तेज पडाल, सविन गिरि, शहेन्द्र चौधरी, मनोज पुन सचीवमा नबराज जोशी, शिक्षा संयोजकमा जगदीश घर्ती, तालीम आयुक्तमा रामचन्द्र कार्की र सह कोषाध्यक्षमा चन्द्रा घर्ती लाई चयन गरेको निर्वाचन आयुक्त तथा फूलबारी जेसिजका निवर्तमान अध्यक्ष विष्णुप्रसाद ओझाले बताए ।

फुलवारी जेसिज बर्ष २०२३ का अध्यक्ष मनोज चौधरीको अध्यक्षतामा सञ्चालन भएको अधिवेशनमा फुलवारी जेसिजका संस्थापक अध्यक्ष सुनिल सुवेदी र निवर्तमान अध्यक्ष विष्णु प्रसाद ओझाको उपस्थिति रहेको थियो ।

Dhangadhi 2081
Loading...