इङ्लिस प्रिमियर लिगमा एस्टोन भिल्लासँग आर्सनल पराजित

काठमाण्डौ : इङ्लिस प्रिमियर लिग फुटबलमा एस्टोन भिल्लाले आर्सनललाई हराएको छ । गएराति भएको खेलमा आर्सनल एस्टोन भिल्लासँग १-० गोल अन्तरले पराजित भएको हो ।

जितसँगै एस्टोन भिल्लाले आर्सनलसँगको अङ्क दूरी घटाएको छ । दोस्रो स्थानमा धकेलिएको आर्सनलको ३६ अङ्क छ भने एस्टोन भिल्लाको ३५ अङ्क छ । गएराति भएका अरु खेलमा म्यानचेस्टर युनाइटेड बर्नमाउथसँग ३–० ले पराजित भएको छ भने सेफिल्ड युनाइटेडले बेनफोर्डलाई १–० गोल अन्तरले हराएको छ ।

यस्तै, ब्राइटन र बर्नली तथा वुल्भ्स् र नटिङ्घम फरेस्टले एक-एक गोलको बराबरी खेलेका छन्।

Dhangadhi 2081
Loading...