कञ्चनपुरमा अबैध सामान प्रहरी नियन्त्रणमा

कञ्चनपुर : कञ्चनपुरमा दुई लाख बढी मुल्यका अबैध सामान प्रहरीले नियन्त्रणमा लिएको छ।

भीमदत्त नगरपालिका–६ ऐठपुरबाट प्रहरीले करिब दुई लाख २२ हजार दुई सय मूल्यका अबैध सामान प्रहरीले आफ्नो नियन्त्रणमा लिएको हो।

बिडी, जुत्ता, स्टिलका भाडाकुडा, तेल, सुर्ती, साबुन, काजु, फोटोकपी पेपर, मिठाई, मिश्री र सलाई नियन्त्रमा लिएर भन्सार कार्यालय गड्डाचौकी पठाएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक प्रकाश डाँगीले बताए।

Dhn_Tihar & Chhat 2082
Loading...