अत्तरिया : कैलालीको अत्तरिया चोकमा दिप प्रज्वलन गरिएको छ । काठमाण्डौमा शुक्रबार बालकुमारी घटनामा ज्यान गुमाएका व्यक्तिको सम्झनामा सचेतना समुह अत्तरियाले आज दिप प्रज्वलन गरेको हो ।
घटनामा दैलेखका २३ वर्षीय सुजन रावत र अछामका २२ वर्षीय वीरेन्द्र शाहको मृत्यु भएको थियो ।
इपिएस भाषा परीक्षाको विषयलाई लिएर आन्दोलित भएकाहरूले बालकुमारीमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री चढ्ने सरकारी गाडीमा आगजनी गरेका थिए ।
त्यसपछि तनावग्रस्त बनेको ग्वार्को क्षेत्रमा प्रहरीले लाठी चार्ज, अश्रुग्यास र गोलीसमेत चलाएको थियो । घटनामा दुईजनाको मृत्यु भएको थियो ।
