गोली लागि ज्यान गुमाएका युवाको न्यायको माग गर्दै सुदूरपश्चिमको मुख्यमन्त्री कार्यालय अगाडी प्रदर्शन

धनगढी : सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय अगाडी प्रदर्शन गरिएको छ। ललितपुरको बालकुमारीमा प्रहरीको गोली लागि ज्यान गुमाएका दैलेखका सुजन रावत र अछामका वीरेन्द्र शाहको न्यायको लागि आइतवार धनगढीमा प्रदर्शन गरिएको हो।

मृतक शाहका आफन्तहरूले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय अगाडी प्रदर्शनसहित नाराबाजी गरेका हुन्। ईपीएस कोरियाली भाषा परीक्षामा सहभागी हुन पाउनुपर्ने माग गर्दै आन्दोलन गरिरहेका मध्ये शुक्रवार शाह र रावतको मृत्यु भएको थियो। मृतकका आफन्तले न्याय माग गर्दै धनगढी चौराह देखी मुख्यमन्त्री कार्यालय सम्म प्रदर्शन गरेका थिए।

बालकुमारी घटनामा ज्यान गुमाएका दुवै जनालाई शहीद घोषणा गर्न पनि माग गरिएको छ। मृतकहरूलाई शहीद घोषणा गर्नुपर्ने र परिवारका एक एक जनालाई रोजगारीको व्यवस्था गर्न माग गरिएको छ।

Dhangadhi 2081
Loading...