बझाङ्ग : बझाङ्गमा जेसिवी मेसिन दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
जयपृथ्वी नगरपालिका–९ पुरानो बस पार्क नजिक बाउली गाड किनारामा गएराति ९ः३० बजे दुर्घटना हुँदा मेसिनका चालकको घटना स्थलमै मृत्यु भएको हो।
मृत्यु हुनेमा बिथ्थडचिर गाउँपालिका–६ का ३६ वर्षीय प्रकाश कठायत रहेको जिल्ला प्रहरी कार्यालय बझाङ्गले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
