गोदावरीको फुलबस्तीमा विद्युत बिस्तार

अत्तरिया : कैलालीको गोदावरी नगरपालिका–४ बेलपानी, फुलबस्तिमा विद्युत लाइन विस्तार गरिएको छ । धनगढी वितरण केन्द्र मार्फत सो क्षेत्रमा ११ केभीको लाइन विस्तार गरिएको हो ।

विस्तार गरिएको लाइनको मंगलबार एक कार्यक्रमका बीच गोदावरी नगरपालिकाका प्रमुख विरेन्द्र भट्टले उद्घाटन गरेका थिए । विद्युत सेवा विस्तार भएपछि फुलबस्ति, पटयानी, दामोदरे, तल्लो गैरी, मल्लो गैरीका स्थानीयले विद्युत सेवा उपभोग गर्न पाउने भएका छन ।

विद्युत सेवाको विस्तार गर्दै मेयर भट्टले लामो समयदेखि अँध्यारोमा रहेको बस्तीमा आफ्नो डेढ वर्षको कार्यकालमा विद्युत विस्तार गर्न सफल भएको बताए । ‘यो ठाउँ अध्यारोबाट उज्यालोमा आएको छ ।

हामी जनप्रतिनिधि भएर आएको डेढ वर्ष मात्रै भएको छ । छोटो समयमै विद्युत ल्याउन सफल भएका छौ’ उनले भने ‘हामीले जनताको पक्षमा काम गरेर सफल भएका छौ । विकासका कुरा विस्तारै हुने गर्दछ । हामीले संघ, प्रदेश सरकार संग समन्वय गरेर काम गरिरहेका छौ ।’

उनले फुलवस्ती, पटयानी, तल्लो गैरी, मल्लो गैरीका २ सय परिवारको घरमा विद्युत पुगेकाले अब छिटै बेलपानीका परिवार बसोबास गर्ने फूलबस्तीमा विद्युत विस्तार गरिने बताए । उनले नगरका सबै ठाउँमा विद्युत विस्तार गर्नको लागि अझै १५–२० विद्युत पोल आवश्यक पर्ने बताए ।

कैलालीको गोदावरी नगरपालिका वडा नं ४ को फुलबस्ति, पतकानीमा बाटोघाटो, बिजुली, खानेपानी, सुरक्षित स्वस्थ्य, सञ्चार सेवा बाट टाढा लगायतका समस्या देखिएका छन् ।

गोदावरी नगरपालिका सुगम पालिका भएर पनि यस क्षेत्रका जनताले सहज रुपमा विद्युत सेवा उपभोग गर्न पाएका थिएनन् । ११ केभी विद्युत लाइन बिस्तार भएपछि सहज हुने वडा अध्यक्ष हेम प्रकाश मल्लले बताएका छन् ।

Dhangadhi 2081
Loading...