कैलालीमा पार्किङमा राखेको मोटरसाइकल जलेर नष्ट

धनगढी : कैलालीमा पार्किङ गरेर राखेको मोटरसाइकलमा आगलागी भएको छ।

जिल्लाको कैलारी गाउँपालिका–३ रानामुडाँका हरिप्रसाद चौधरीको मोटरसाइकलमा बुधवार राति आगलागी भएको हो।

घरको आगनमा पार्किङ गरेर राखेको से २ प २९९४ नम्बरको मोटसाइकलमा एक्कासी आगलागी भई जलेर पुर्णरुपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

Dhangadhi 2081
Loading...