कैलालीमा पाँच किलो लागुऔषधसहित तीन जना पक्राउ

धनगढी : कैलालीको चुरेबाट पाँच किलो लागुऔषधसहित तीन जना पक्राउ परेका छन्। चुरे गाउँपालिका वडा नम्बर ५ खानीडाँडास्थित झालपोखरीमा रहेको एक होटलबाट चार किलो लागुऔषधसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको हो।

आज ९शनिबार० विहान ५० वर्षीय होटल सञ्चालक गोरे जागरी, बझाङको बुङगल नगरपालिका वडा नम्बर १ का ३८ वर्षीय कर्णबहादुर धामी र वडा नम्बर २ का ३३ वर्षीय अमर धामी लागुऔषधसहित पक्राउ परेका छन्।

प्रहरीले गोप्य सूचनाको आधारमा होटल सञ्चालकसहित तीन जनालाई पक्राउ गरेको हो।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर, इलाका प्रहरी कार्यालय मालाखेती, लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगर र अस्थायी प्रहरी पोष्ट खानीडाडाबाट खटिएको संयुक्त प्रहरी टोलीले होटेलमा खानतलासी गर्दा लुकाएर राखेको अवस्थामा लागुऔषध फेला परेको हो।

प्रहरीले एक थान तराजु, एक किलोको ढक एक थान र आधा किलोको ढक एक थान समेत बरामद गरिएको छ। यस विषयमा अहिले प्रहरीले अनुसन्धान गरिरहेको छ।

Dhangadhi 2081
Loading...