कैलालीको अत्तरियामा जारी सुदुरपश्चिम प्रादेशिक महोत्सव सम्पन्न

अत्तरिया : कैलालीको अत्तरियामा जारी सुदुरपश्चिम प्रादेशिक महोत्सव सम्पन्न भएको छ । यहि पौष २६ गते देखि शुरु भएको महोत्सव आज (आइतबार) सम्पन्न भएको हो ।

आयोजक अत्तरिया उद्योग बाणिज्य संघका अध्यक्ष कल्याण सिंह बोहराको सभापतित्वमा भएको कार्यक्रममा गोदावरी नगरपालिकाका नगरप्रमुख बिरेन्द्र भट्ट प्रमुख अतिथि रहेका थिए ।

कार्यक्रममा कैलाली उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष पुष्कर ओझा लगायत विभिन्न संघ संस्थाका प्रतिनिधी, विभिन्न वडाका अध्यक्ष, जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि लगायतको सहभागीता रहेको थियो ।

११ दिन सम्म सञ्चालन गरिएको ८औं संस्करणको महोत्सव सफलतापुर्वक सम्पन्न भएको आयोजक अत्तरिया उद्योग बाणिज्य संघले बताएको छ।

महोत्सव अत्तरिया स्थित पुर्बरोडमा रहेको लामिताल परिसरमा सञ्चालन भएको हो । महोत्सव संचालन अबधीभर सहयोग गर्ने सबैलाई संघका अध्यक्ष बोहराले धन्यवाद ज्ञापन गरेका छन् ।

Loading...