अत्तरिया : दार्चुलाको एक विद्यालयमा आगलागी भएको छ ।
जिल्लाको महाकाली नगरपालिका–४ खलंगास्थित पशुपति शिक्षा मन्दिरमा आगलागी भएको हो ।
सोमबार राति विद्युतको तार सर्ट भई कम्प्युटर कोठामा आगलागी भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
आगलागीबाट कम्प्युटर, सिपियु, टेबल, ¥याकहरु जलेका र क्षतिको विवरण संकलनको काम भइरहेको कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले बताए ।
आगलागी प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको बताइएको छ ।
