कञ्चनपुरको शुक्लाफाँटामा ३० वर्षीया महिला मृत फेला

कञ्चनपुर : कञ्चनपुरमा एक महिला मृत अवस्थामा फेला परेकी छन्।

जिल्लाको शुक्लाफाँटा नगरपालिका–७ वातावरण मध्यवर्ती सामुदायिक वनभित्र महिला मृत फेला परेकी हुन्। प्रहरीका अनुसार सोही वडाकी ३० वर्षीया सरस्वती तिवारी मृत फेला परेकी हुन्।

उनी सोमबार मृत फेला परेकी जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

Dhn_Laingik Hinsa 2082
Loading...