कैलालीमा लागूऔषधसहित रामनाथ र सुरेन्द्र पक्राउ

धनगढी : कैलालीमा लागूऔषधसहित दुई जना पक्राउ परेका छन्।

गोदावरी नगरपालिका–५ गेटा आँखा अस्पताल नजिकबाट ८६० ग्राम लागूऔषध (चरेस) सहित सोही ठाँउका ४५ वर्षीय रामनाथ राना मंगलवार पक्राउ परेका हुन्।

बिशेष सूचनाको आधारमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र प्रहरी चौकी गेटाबाट खटिएको संयुक्त प्रहरी टोलीले रानालाई पक्राउ गरेको हो।

रानाले चलाएको मोटरसाईकलको लेगगार्डमा सेतो कट्टा भित्र लुकाई राखेको अबस्थामा चरेस फेला पारी मोटरसाईकल र उनलाईे पक्राउ गरेको प्रहरीले जनाएको छ।

यस्तै गोदावरी नगरपालिका–२ अत्तरिया स्थित महेन्द्रनगर रोडबाट ५६० मिलिग्राम लागूऔषध (खैरो हेरोइन) सहित गोदावरी–३ का २५ वर्षीय सुरेन्द्र साउँद मंगलवार साँझ पक्राउ परेका हुन्।

इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले साउँदलाई खैरो हेरोइनसहित पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

Dhn_Laingik Hinsa 2082
Loading...