कञ्चनपुर : कञ्चनपुरमा लागुऔषध मुद्धामा फरार रहेका एक जना पक्राउ परेका छन्। बेदकोट नगरपालिका–७ सुडाका मदन भट्ट बुधवार पक्राउ परेका हुन्।
मदनलाई अदालतले २०७८ चैत्र ९ गते लागुऔषध मुद्दामा ५ महिना कैद र पाँच हजार जरिवाना तोकेको थियो।
उनी सोहि दिनबाटै फरार रहेका थिए। मदनलाई सजाय भुक्तानको लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नावव उपरीक्षक प्रकाश डाँगीले बताए।