सुदूरपश्चिम घर भएका चार प्रहरी सम्पर्कबाहिर, सात दिनभित्र सम्पर्कमा आउन निर्देशन

धनगढी : सुदूरपश्चिम घर भएका चार प्रहरी सम्पर्क बाहिर भएको पाइएको छ। प्रहरी प्रधान कार्यालयले एक महिनाभन्दा बढी समयदेखि गैरहाजिर रहेका प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ।

आफूखुसी हाजिर हुन छोडेका प्रहरीको खोजतलास गर्दा पनि सम्पर्कमा नआएपछि सात दिनभित्र स्पष्टीकरणसहित सम्पर्कमा आउन निर्देशन दिएको हो। सात दिनभित्र पनि सम्पर्कमा नआए नियमअनुसार सेवाबाट हटाइने प्रहरी प्रधान कार्यालयले सूचना नै जारी गरेर चेतावनी दिएको छ।

कैलालीको धनगढी उपमहानगरपालिका–१ घर भएका सुरेन्द्रप्रसाद पन्त, बझाङको साविक सैनपाल–५ हाल दुर्गाथली गाउँपालिका–७ घर भएका विशालबहादुर विक, बझाङकै थलारा गाउँपालिका–९ घर भएका उमेश थापा र बाजुराको खप्तड छेडेदह गाउँपालिका–३ घर भएका प्रेमबहादुर धामीलाई सम्पर्कमा आउन प्रहरी प्रधान कार्यालयले सूचना जारी गरेको छ।

प्रहरी प्रधान कार्यालयले ७ दिनभित्र २४ प्रहरीलाई सम्पर्कमा आउन निर्देशन दिएको छ।

Dhn_Laingik Hinsa 2082
Loading...