गोदावरी आर्यघाटमा सरसफाइ

अत्तरिया :  कैलालीको गोदावरी आर्यघाटमा सरसफाइ गरिएको छ। धनगढीको सुदूरपश्चिमाअञ्चल एकेडेमी (एसपीए)का विद्यार्थीले गोदावरी आर्यघाटमा सरसफाई गरेका हुन्।

एसपीएका अनुसार नेपाली सेनाको पृतना र विद्यार्थीले संयुक्त रुपमा शुक्रवार गोदावरी आर्यघाटमा सरसफाइ गरेका हुन्। उनीहरूले आर्यघाट क्षेत्रका प्लास्टिक, लत्ताकपडा तथा काठहरू सरसफाइ गरेका छन्।

Godawari_Badhi

एसपीएका एक विद्यार्थी कृष्ण पुजाराले आर्यघाट क्षेत्रमा फोहोर रहेकाले सरसफाइ गरिएको बताए। वातावरण संरक्षणका क्षेत्रमा अमेरिकाको न्यूयोर्क सहरमा आयोजित कार्यक्रममा एसपीएले ग्रीन क्लिन अवार्ड समेत पाएको थियो।

धनगढीलाईँ सफा र स्वच्छ बनाउनु उद्देश्यसहित एसपीएले ग्रीन क्लब गठन गर्दै विभिन्न कार्यक्रम गर्दै आएको छ।

हाल क्लबले पाँच सय मिटर भित्रको क्षेत्र सरसफाईँ गर्दै आएको छ। कैलाली र कञ्चनपुरका नागरिकले गोदावरी आर्यघाट प्रयोग गर्दै आएका छन्।

Dhn Upamahanagarpalika_Badhi
Loading...