कैलालीको गोदावरीमा एक दिने निःशुल्क परजिवि नियन्त्रण शिविर आयोजना

अत्तरिया : कैलालीको गोदावरी नगरपालिकामा एक दिने निःशुल्क परजिवि तथा बन्ध्याकरण शिविर आयोजना गरिएको छ । नगरपालिकाको पशु सेवा शाखाले नगरपालिकाकै वडा नं. ४ फुलबस्तीमा शिविरको आयोजना गरेको हो ।

शिविरमा १३ महिला तथा ४२ पुरुष गरी ५५ जनाको सहभागीता रहेको पशु सेवा प्राविधिक टेक शाहुले जानकारी दिए । उनले शिविरमा परजिवि विरुद्धको औषधि वितरण तथा उपचार सेवा, पशु बन्ध्याकरण सेवा, रेविज रोज विरुद्धको खोप सेवा समेत दिईएको बताए ।

उनले ४२ वटा कुकुरलाई रेविज विरुद्धको खोप लाईएको बताए । त्यसका साथै २६८ वटा गाईरगोरु, ४५ वटा भैसीररांगो, ३ हजार १५८ वटा बाख्रा, ८३ वटा कुकुर, ३४ वटा बिरालो, ३८ वटा कुखुरा र ३७ वटा खरायोका लागि परविजि विरुद्धको उपचार सेवा प्रदान गर्नुका साथै औषधी पनि वितरण गरिएको उनले बताए ।

उनका अनुसार शिविरमा ७ वटा बोकाहरुमा बध्याकरण समेत गरिएको थियो । भौगोलिक रुपमा विकट रहेको फुलबस्तीमा पशुपालक किसानको संख्या धेरै रहेकाले शिविर आयोजना गरिएको उनले बताए ।

Dhangadhi 2081
Loading...