अत्तरिया : कैलालीको अत्तरियामा शिक्षकहरुका लागि १ महिने तालिमको आयोजना गरिएको छ । विकासका लागि युवा ऐक्यवद्धता यार्ड को आयोजनामा शुक्रबार बाट तालिम सुरु भएको हो ।
युवा उद्यमशिलता परियोजना अन्र्तगत लुथरन वल्र्ड रिलिफको सहयोगमा तालिम आयोजना गरिएको यार्डले जनाएको छ ।
तालिमलाई निजि तथा आवाशिय विद्यालय अर्गनाईजेसन प्याब्सन गोदावरीले सहकार्य गरेको छ भने गोदावरी नगरपालिकाले समन्वय गरेको छ ।
विद्यालयको पढाईको गुणस्तरमा वृद्धि गर्ने लक्ष्यका साथ शिक्षकहरुको क्षमता अभिवृद्धि गर्न लागि तालिमको आयोजना गरिएको बताईएको छ ।
