कञ्चनपुरबाट तस्करीको सामान बरामद

कञ्चनपुर : कञ्चनपुरबाट तस्करीको सामान प्रहरीले बरामद गरेको छ।

भीमदत्त नगरपालिका–१० विद्युत कार्यालय नजिकबाट अन्दाजी १ लाख ७५ हजार ६ सय ४० रुपैँया बराबरका बेल्ट, बेल्टको कडा, चप्पल, चिनि, सुर्ती, नरीवल, गुड, मटर, मकैको बिउ, भिन्डीको बिउ, नमकिन, चियापत्ती, सलाई, तेल, पोल्थिन, बिष्कुट, प्याज र कस्मेटिकको सामान फेला पारी प्रहरीले नियन्त्रणमा लिएको हो।

इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरी टोली तस्करीको सामान बरामद गरेको हो।

बरामद गरेको सामान भन्सार कार्यालय गड्डाचौकी पठाईएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश डाँगीले बताए।

Dhn_Laingik Hinsa 2082
Loading...