बडैपुरबाट ३० क्वीन्टल अवैध चिनीसहितको ट्रक प्रहरी नियन्त्रणमा

धनगढी : कैलालीमा ३० क्वीन्टल अवैध चिनी बोकेको गाडी प्रहरीले नियन्त्रणमा लिएको छ।

सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह (आरआईटी) को टोलीले मंगलबार दिउँसो गौरीगंगा नगरपालिकाको बडैपुरबाट अबैध चिनी बोकेको सुदूरपश्चिम प्रदेश ०१–००१ च ३९५७ नम्बरको मालबाहक सवारीलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

गाडीमा रहेको ५० किलोका ६० बोरा चिनी र दुई बोरा बिडी बरामद गरिएको छ। अवैध चिनीसहित बरामद गरिएको ट्रकको मुचुल्का गरेर आवश्यक कारवाहीका लागि इलाका प्रहरी कार्यालय मालाखेतीमा पठाइने प्रहरीले जनाएको छ।

Loading...