बैतडीमा जिप दुर्घटना : एकको मृत्यु, ७ घाइते

बैतडी : बैतडीमा जिप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।

दोगडाकेदार गाउँपालिका – २ कटौजपानीमा जिप दुर्घटना हुँदा दोगडाकेदार गाउँपालिका – ८ कालागाउँकी १५ वर्षिया मनिषा विष्टको घटनास्थलमै मृत्यु भएको हो ।

सु प्र ०१००ज १५३७ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा ७ जना घाइते भएका छन । घाइते हुनेमा कालागाउँक ५० वर्षिय बिरे लुहार, २६ वर्षिया घुमरा विष्ट, ४० वर्षिया कृष्णा विष्ट, ७० वर्षिया हरिमाया विष्ट १७ वर्षिय महेश विष्ट र ३० वर्षिय जिपभुपेन्द्र विष्ट रहेका छन् ।

घाइते मध्ये चालकको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । घाइते ७ जनाको जिल्ला अस्पताल बैतडीमा उपचार भैरहेको छ । प्रहरीका अनुसार जिपमा ८ जना सवार थिए ।

जिप सडकबाट ५० मिटर तल खसेको बताइएको छ ।

Loading...