गौरीगंगाबाट भन्सार छलीको सामान बरामद

धनगढी : कैलालीको गौरीगंगा नगरपालिकाबाट १३ लाखको भन्सार छलीको सामान बरामद गरिएको छ।

जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्बर ८ देउराली चोकबाट १३ लाख २ हजार चार सयको भन्सार छलीको सामान बरामद गरिएको हो। प्रहरीका अनुसार सुदूरपश्चिम प्रदेश ०१००२ च ३९५७ नम्बरको गाडी र चालक जानकी गाउँपालिका वडा नम्बर २ का २६ वर्षीय धनिराम चौधरी सहित भन्सार छलीको सामान बरामद गरिएको छ।

मङ्गलवार सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढी र इलाका प्रहरी कार्यालय, मसुरियाको टोलीले १३ लाख २ हजार चार सयका चिनी र बिडी बरामद गरेको हो।

Dhangadhi 2081
Loading...