बेलौरीको उखुबारीमा भेटिएन बाघ, बन कार्यालयको टोली भयो फिर्ता

कञ्चनपुर : कञ्चनपुरको बेलौरी नगरपालिका – ८ पचुइ क्षेत्रमा बाघ उखु बारिमा पसेको खबरपछि खोजी गरिरहेको वनको टोली फिर्ता गएको छ ।

मंगलबार दिउँसो स्थानीय अनिल चौधरीले पचुइ स्थित जगन्नाथ मन्दिर आसपासमा उखु लोड गरिरहेको बेला बाघ देखेपछी गाउमा त्रास फैलिएको थियो । पछी सव डिभिजन बन कार्यालय पचगडिया बाट बनकर्मी ,नेपाल प्रहरी ,सशस्त्र प्रहरी र स्थानीयले खोजी गरेरहेका थिए ।

बाघ भएको बाघ आएको कुनै ठोस प्रमाण नभेटिएपछी बनकर्मी फिर्ता आएको सव डिभिजन बन कार्यालय पचगडिया का प्रमुख दिनेश कुमार यादवले बताए ।

‘बाघ आएको कुनै ठोस प्रमाण भेटिएनन्’ प्रमुख यादवले भने ‘पाईला को छाप निशान केही छैन ,अन्दाजको भरमा होहल्ला भएको पाईएपछी फिर्ता बोलाइयो ।

’ पचुइमा गत बैशाख –९ मा बाघको आक्रमणमा परि एक महिलाको मृत्यु भएपछि स्थानीय बाघ पसेको खबरले त्रसित छ्न ।

Loading...