अत्तरिया : एमालेको जिल्ला अधिवेशनका लागि गोदावरी नगरपालिका – ५ बाट ३ जना प्रतिनिधि चयन भएका छन ।
एमालेको ९ औं जिल्ला अधिवेशनका लागि ३ जना सर्वसम्मत चयन भएका हुन । जसमा लोकेन्द्र धामी (खुला), पुष्पराज भण्डारी (खुला) र दमयन्ती पन्त (महिला) रहेको छन ।
झण्डै १९ सय बढी संगठित कार्यकर्ता रहेका गोदावरीबाट जिल्ला अधिवेशनको लागि ७६ प्रतिनिधि चयन गरिदैछन ।
नेकपा एमाले कैलालीले ९ औं जिल्ला अधिवेशन फागुन ६ र ७ गते कैलालीको सुखडमा हुँदैछ । कैलाली जिल्ला अधिवेशनको उद्घाटन गर्न पार्टीका केन्द्रीय अध्यक्ष केपी शर्मा ओली आउने कार्यक्रम रहेको बताइएको छ।
