कैलाली र कञ्चनपुरबाट अबैध सामान बरामद

धनगढी : दुई जिल्लाबाट भन्सार छलीका सामान बरामद गरिएको छ।

कैलालीको धनगढी उपमहानगरपालिका–३ ट्राफिकचोकबाट अबैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका १४ हजार ४० मूल्यको ४० जोर चप्पल र धनगढी उपमहानगरपालिका–५ बाट १२ हजार मूल्यको चिनी, प्याज, मिश्री, चियापत्ती, साबुन, प्लाष्टिक लगायतका सामान बरामद गरिएको छ।

उता कञ्चनपुरको भीमदत्त नगरपालिका–१० बिधुत कार्यालय नजिकबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका १ लाख ३२ हजार ४८ मूल्यको चिनी, मिश्री, खानेतेल, दाल, नरिवल, चप्पल, किरानाका सामान लगायतका सामान बरामद गरिएको छ।

उक्त सामान बिहीवार दिउँसो प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

Dhn_Laingik Hinsa 2082
Loading...