कञ्चनपुरमा बाघले मोटरसाइकललाई आक्रमण गर्दा एक जना घाइते

धनगढी : कञ्चनपुरको बेलौरीमा बाघले मोटरसाइकललाई आक्रमण गर्दा एक जना घाइते भएका छन्।

बेलडाँडी गाउँपालिका ३ खैरीघाट बस्ने २४ वर्षीय जीवन चन्द बाघको आक्रमणबाट सामान्य घाईते भएको कुण्डा सव डिभिजन वन कार्यालय प्रमुख दिनेशकुमार यादवले बताए।

प्रमुख यादवका अनुसार बेलौरी नगरपालिका ८ खपटी खोलाको हुलाकी राजमार्ग कच्ची सडक खण्डमा पुर्वतर्फबाट आएको बाघले मोटरसाइकलमा आक्रमण गरेको हो।

सो क्षेत्रमा राति आवतजावत गर्दा सतर्कता अपनाउनु हुन उनले अनुरोध गरेका छन्।

Loading...